प्रदेश

कपिलवस्तुको कृष्णनगरमा स्रोत नखुलेको २३ लाख बरामद ।



कपिलवस्तु ,असोज १७ । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेको छ । दिउसो २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेकसहित को टोलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालो झोला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्रोत नखुलेको बुद्धभुमी नगरपालिका वडा नं। ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुषालले बोकेको एक हजारको २० गड्डी, पांच सयको ६ गड्डि र एक सयको ३ नोट सहित भुषाललाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएको छ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६