प्रदेश

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि १२० जना राप्रपामा प्रवेश ।



कपिलवस्तु, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर २ मा १ सय २० जना राप्रपामा प्रवेश गरेका छन् । राप्रपाको बुद्दभुमी नगर कार्यसमितिले आयोजना गरेको आमसभा तथा पार्टि प्रबेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा पार्टिका बिधार्थि संगठनका केन्दिय सदस्य सिवा दुबे र स्थानिय माओबादि नेता सुखै यादवको नेतृत्वमा १२० जना राप्रपा पार्टिमा प्रबेश गरेका हुन् ।

राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले तत्काल पार्टीको अधिवेशन पछि हिन्दु राष्ट्रको माग सहित देशभर व्यापीरुपमा अगाडि बढ्ने भन्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

कार्यक्रम राप्रपाका बुद्धभूमि नगर लिलाखर अधिकारीको अध्यक्षता, कार्यक्रममा पार्टिका केन्दिय सदस्य ध्रुब रायमाझिको प्रमुख अतिथ्यता, राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको विशिष्ट आतिथ्यता, केन्दिय सदस्य देवेन्द्र शीवास्त्व, जिल्ला उपाध्यक्ष इदिर्स मुसलमान, देवेन्द्र जि।सि। त्रिभवन लोनिया लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रेम शंकर शुक्लाले गर्नु भएको थियो ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६