प्रदेश

देउवाको गृहजिल्लामा कांग्रेस कर्याकर्ताबीच झडप



धनगढी १८ असोज । डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो ।कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल समूहद्वारा विगत ११ दिनदेखि अनशन थालिएको थियो । अनशनमा ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यत्रय केसी, कोइराला र घिमिरे आइतबार डडेल्धुरा पुगेका थिए ।

सोमबार आयोजित कार्यक्रमलाई संस्थापन (देउवा) पक्षले बिथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गर्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

प्रहरीले दुवै पक्षलाई तितरवितर पारेपछि अवस्था सामान्य रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । उनकाअनुसार अनशन स्थलमा कार्यक्रम सकेर नेताहरु डडेल्धुराकै होटलमा बसेका छन् ।यसैबीच डडेल्धुरामा वडा अधिवेशन पुनःगरिनु पर्ने र क्रियाशील सदस्यता वितरणमा छानविन हुनुपर्ने माग राख्दै विगत ११ दिनदेखि अनसनमा बसेका कांग्रेस नेताहरुले आइतबारदेखि अनसन स्थगित गरेका छन् ।

केन्द्रबाट आएका डा. शशांक कोइरालालगायतका नेताले डडेल्धुराको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि अनशन स्थगित गरिएको कांग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले बताए ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६