बीबीसी,१८ असोज । अफगानिस्तानमा महिला न्यायाधीशहरू आफूले दोषी ठहर गरेका हत्याराहरूबाट बन्दी भएका छन् । अफगानिस्तानमा महिला अधिकार रक्षाका लागि उनीहरू अग्रदूत थिए। सीमान्तकृत महिलाहरूलाई न्याय दिलाउने सवालमा उनीहरू कानुनका कट्टर पालक पनि थिए । तर अफगानिस्तानका २२० जना महिला न्यायाधीशहरू अहिले तालिबानले आफूहरूमाथि बदला लिने डरले लुकेर बसिरहेका छन्।
लुकेर बसिरहेका न्यायाधीशमध्ये छ जना महिलासँग बीबीसीले सम्पर्क गरेर उनीहरूको अवस्थाबारे सोधेको छ। सुरक्षाका कारण उनीहरूको नाम परिवर्तन गरिएको छ । न्यायाधीशको रूपमा आफ्नो कार्यकालमा मासुमाले सयौँ पुरुषहरूलाई बलात्कार, हत्या र यातना महिलाविरुद्ध हुने हिंसाका अपराधमा दोषी ठहर गरिन् । तर जब तालिबानले उनको सहर नियन्त्रणमा लियो, दोषी ठहर हजारौँ जेलबाट छुटे । उनलाई ज्यान मार्ने धम्की आउन सुरु भयो । उनको मोबाइलमा एसएमएस, भ्वाइस म्यासेज र नचिनेका नम्बरहरूबाट आउने फोनहरूको ओइरो लाग्यो ।
मासुमा भन्छिन्, “तालिबानले सबै बन्दीलाई जेलबाट छोडेको कुरा हामीले मध्यरातमा थाहा पायौँ र रातारात घर छोडेर भाग्यौँ। हामीले घरसहित सबै थोक छोडेर भाग्नुप¥यो।“ विगत २० वर्षको अवधिमा अफगानिस्तानमा २७० जना महिला न्यायाधीश भएका छन्। तीमध्ये केही एकदमै शक्तिशाली र प्रसिद्ध पनि भए र सार्वजनिक व्यक्तित्वको पहिचान बनाए ।
“कारमा चढेर सहरबाट बाहिरिँदा कसैले नचिनून् भनेर मैले बुर्का लगाएकी थिएँ। भाग्यले हामी तालिबानको चेक प्वाइन्टबाट पार ग¥यौँ,“ सहर छोडेको पल उनी सम्झन्छिन ्।
उनले छोडेको केही समयमै घरमा तालिबानका धेरै मानिसहरू आएको जानकारी छिमेकीहरूले गराएका थिए।
छिमेकीहरूले हुलियाबारे जानकारी गराएपछि आफूलाई पिछा गरिरहेको मानिस पत्ता लगाउन मासुमालाई समय लागेन। तालिबानले अफगानिस्तानमा कब्जा जमाउनुभन्दा केही महिनाअघि मासुमाले श्रीमतीको बर्बरतापूर्वक हत्या गरेको मुद्दामा त्यही घर घेर्न आउनेमध्ये एकको मुद्दा हेरेकी थिइन्। उ दोषी पाइएपछि उनले २० वर्षको सजाय तोकिन्।
बदलाको धम्की
“मेरो मनमा अझै पनि ती भर्खरकी महिलाको आकृति आइरहन्छ। उनलाई बर्बरतापूर्वक मारिएको थियो,“ मासुमा भन्छिन्। “मुद्दाको फैसलापछि त्यो अपराधीले मेरो छेवैमा आएर भनेकी थियो कि ’जब म जेल बाहिर आउँछु, तिमीलाई पनि मेरो श्रीमतीको जस्तै हालत बनाइदिन्छु’।“ “मैले त्यस बेला उसको कुरालाई गम्भीर रूपमा लिइनँ। तर जब तालिबानले अफगानिस्तान कब्जा ग¥यो, उसले मलाई फोन गरेर धम्की दियो।“ “उसले ’तिमीलाई भेट्छु र अब बदला लिन्छु’ भन्यो।“
बीबीसीको एक अनुसन्धानले कम्तीमा २२० जना महिला न्यायाधीशहरू अफगानिस्तानमा लुकेर बसिरहेको थाहा लागेको छ। तीमध्ये छ जनाले तालिबान शासनपछि एकै प्रकारका धम्कीहरू खेपिरहेका थिए। श्रीमती मारेको अभियोगमा जेल सजाय तोकिएका व्यक्तिहरू नै जेलबाट छुटेर धम्की दिइरहेका थिए। ज्यान मार्ने धम्की आएपछि सबै महिला न्यायाधीशले आफ्नो फोन नम्बर कम्तीमा एक पटक परिवर्तन गरिसकेका छन्।
उनीहरू केही हप्ताको अन्तरालमा आफू बस्ने ठाउँ परिवर्तन गर्दै लुकिरहेका छन्। छोडेर हिँडेको घरमा तालिबानका सदस्यहरू पुगिसकेका छन् र कतिपयले उनीहरू गएको स्थानबारे छिमेकीहरूलाई सोधपुछ गरेका छन्।








प्रतिक्रिया