अर्थ-वाणिज्य

सत्ता गठबन्धवाट औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गराइयो :एमाले



बुटवल १८ असोज । बुटवलको मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।एमाले बुटवल उपमहानगर कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर लगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा वर्तमान सत्ता गठबन्धनको आडमा अतिक्रमण भैरहेको भन्दै यसलाई रोक्न र अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन माग गरिएको छ ।“नेपालको संविधानको धारा ४० (५) ले ग्यारेन्टी गरेको भूमि तथा आवासको अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकाले गरेको षडयन्त्रप्रति एमाले गम्भीर आपत्ति ब्यक्त गर्दछ”–विज्ञप्तीमा भनिएको छ ।

पुर्ववर्ती नेकपा एमालेको सरकारले भूमि ब्यवस्था ऐन, कानुन बमोजिम गठन गरेको आयोगलाई एमालेसँग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहिन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भीर घात भएको ठहर गर्दै विज्ञप्तीमा भूमिहिन सुकुम्बासी अब्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न ध्यानाकर्षण गराइएको छ । 

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६