प्रदेश

सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ‘पाकेटमार’हरुलाई पक्राउ



काठमाण्डौ, १८ असोज । काठमाडौंमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।चक्रपथ भित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिनुभयो । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले जानकारी दिनुभयो ।दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६