प्रदेश

अखिल (क्रान्तिकारी)को महासचिवमा दिपेश पुन चयन



काठमाडौं १८ असोज । अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन भएका छन् । अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन भएका हुन् । उनी यसअघि उपाध्यक्ष थिए ।

पुन २०४५ वैशाख १० गते रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा जन्मिएका हुन । उनी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुत्र हुन् ।

संगठन, व्यवस्थापन र राजनीतिक वैचारिक रुपमा कुशल मानिने पुन बाल्यकालदेखि नै जनयुद्धमा सक्रिय थिए । अध्यक्षमा दावी गरेका पुनले अध्यक्ष नपाए संगठन नै छाड्ने बताउँदै आएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनलाई सशक्त बनाउनका लागि महासचिवको जिम्मेवारीमा रहेर काम गर्न भन्दै महासचिवमा सिफारिस गरेपछि पुन महासचिव भएका हुन् ।

सम्मेलनले यसअघि नै अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छन् । अध्यक्षमा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नियुक्त भएकी थिइन् ।

अन्य पदहरूमा विद्यार्थी फेक्सन ईन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ लगायतले टुंग्याएका थिए ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६