प्रदेश

बाणगंगामा छड्के अनुगमन, गुणस्तरियतामा व्यापक लापरवाही, पाँच पसललाई जरिवाना ।



कपिलवस्तु १८ असोज । कपिलवस्तुको बाणगंगामा सोमबार बाजर अनुगमन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने कालोबाजारी तथा खाद्य गुणस्तरमा लापरवाही हुन सक्ने भन्दौ छड्के अनुगमन गरिएको हो ।  वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, रुपन्देहिको टोली सहित घरेलु तथा साना उद्योय कार्यालय र खाद्य गुण नियन्त्रण कार्यालय कपिलवस्तुको संयुक्त टोलिले बाणगंगाका विभिन्न बजारमा अनुगमन गरेको हो ।

बाणगंगाको पिपरा देखि बनगाई सम्मका बजारहरुमा छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसल व्यवसायहरु दर्ता भएको पाइए पनि गुणस्तरियतामा व्यापक  लापरवाही भएको देखिएको छ । पिपरा, बैरिया र बनगाइका गरी ५ वटा पसल संचालकलाई अनुगमन टोलीले कार्वाही समेत गरेको छ । कारबाहि पर्नेमा जय विन्दनसिनी सप्लायर्स पिपरा, साझा किराना पसल पिपरा, न्यु सलिना जनरल स्टोर्स पिपरा, सृष्टी मदिरा पसल पिपरालाई न्यनतम रु ५ हजारका दरले जरिवाना दाखिला गर्न भनिएको छ । त्यस्तै बनगाईमा सञ्चालीत कुस्मेलि सप्लार्यसलाई टोलिले रु २० हजार रुपैयाँ दाखिला गर्न एक हप्ताको समय दिएको हो । 

चर्डपर्व लक्षित बजार अनुगमनमा व्यवसायीहरुले सेवाग्रहीसँग चर्काे मूल्यमा सामान विक्रि गर्न सक्ने र यसै समय सामानको कालोबजारी समेत हुने देखिएपछि बजार अनुगमनलाई तिव्रता दिईएको हो । 

बाणगंगामा खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफथ गरी बाणगंगा नगरपालिकाको खाडलमा नष्ट गरिएको थियो । अनुगमनमा बाणगंगा नगरपालिकाका कर्मचारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६