अन्तर्राष्ट्रिय

जापानमा आमचुनावका लागि तयारी सुरु ।



काठमाण्डौ, १९ असोज । जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको  हो । देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ ।

जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हाल्नुभएको किशिदालाई हिजो संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६