प्रदेश

कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु



१९ असोज, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका-१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियाबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६