कपिलवस्तु १९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नव निर्मित २ भवनको एकैसाथ उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरिक्षक मुकुन्दराज आचार्यले नव निर्मित हिरासत कक्ष तथा सिनियर प्रहरी अधिकृत निवासको रिबन काटेर उद्घाटन गर्नु भएको छ । सो अवसरमा उहाले प्रहरीले कुनै पनि कार्य गर्दा आफ्नो विवेक पुर्याएर गर्नु पर्ने बताउनु भयो । ‘ विवेक भनेको कानुनको उलंघन गरेर होइन् कानुनको पनि सम्मान गर्ने र विवेक प्रयोग गर्दा नगरिकलाई हित हुने रैछ भने त्यो अवस्थामा विवेक सम्मत रुपमा काम गर्नु हो ’ उहाले भन्नु भयो ।
उहाले कुनै पनि काम प्रहरीले एक्लै गर्न नसक्ने भन्दै जति पनि कानुनको पालन गरिरहेका हुन्छौ त्यसको सम्मान गर्ने जिम्मा नागरिकको पनि रहेको बताउनु भयो । प्रहरीले शान्ति सुरक्षा अमनचयन कायम गर्ने, सिमा सुरक्षाको कुरा र प्रहरीको अनुसन्धानमा नागरिकको अहम भुमिका रहेको उहाले प्रष्टाउनु भयो । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले नागरिकका संबैधानिकहक एवम् मानव अधिकारको रक्षा गर्नु प्रहरीको कर्तव्य रहेको औलल्याउनु भयो ।
प्रहरीले नागरिकको भरोसाको केन्द्र बन्दै पिडित प्रतिको विश्वास कायम गरेको उहाले दावि गर्नु भयो । प्रहरी कार्यालय परिसरमा निर्माण भएको नव आधुनिक हिरासत कक्षमा महिला पुरुष र बालबालिकाको लागि छ्ट्टा छुट्टै व्यवस्था गरिएको छ । हिरासत कक्षमा ७० जना अटाउने प्रहरी उपरिक्षक कार्कीले बताउनु भयो । हिरासत कक्षको भुई तलामा महिला, पुरुष गरी ३ वटा सुबिधा संपन्न हिरासत कक्षहरु, गार्ड रुम र पहिलो तल्लामा बाल बालिकाका लागि हिरासत कक्ष छन ।
यस्तै बालमैत्री कक्ष, जिन्सी भन्डारण, र प्रबन्ध कक्ष रहेका छन । नव निर्मित सिनियर प्रहरी अधिकृत निवासमा प्रहरी नायब उपरिक्षक, प्रहरी निरीक्षक बस्ने छन । ढाई तल्लाको भवनमा १० वटा कोठा छन । भनव निर्मित सिनियर प्रहरी अधिकृत निवास बनाउन ९९ लाख ६ हजारमा मुक्ति कन्ट्रक्सन तिलोत्तमा रुपन्देही र नव निर्मित हिरासत कक्ष १ करोड ४६ लाख ८२ हजारमा के एण्ड केजि कन्ट्रक्सन कालिमाटी काठमाण्डौले सम्झौता गरी २ बर्षमा निर्माण कार्य सम्पन्न गरेको हो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका जय प्रकाश पाण्डेय, प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रतिक्रिया