प्रदेश

यसपालि दशैँमा पनि पानी पर्ने सम्भावना छ : मौसमविद् ।



काठमाण्डौ, १९ असोज । यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।  मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ’ उहाँले भन्नुभयो । दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन् ।

पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने उहाँले बताउनुभयो । यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै वर्षा भइसकेको छ ।गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए । 

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६