प्रदेश

दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क, सावधानी अपनाउन आग्रह ।



दाङ, १९ असोज । पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्यो क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको छ । गएको आइतवार राति लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको वन कार्यालयले जनाएको छ ।

कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिव खोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदल मार्ग र खुला सवारीसाधनमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै त्यो क्षेत्र भएर हिँडडुल नगर्न वन कार्यालयको आग्रह छ । अहिले त्यो क्षेत्रमा रहेको राजमार्गमा हिँड्ने दुई पाङ्ग्रे सवारी धनी समूह बनाएर हिँड्न थालेका छन् । 

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६