प्रदेश

अर्घाखाँचीमा भीडभाडमा रोक, बडादशैंमा सराय नाँच नहुने



अर्घाखाँची, १९ असोज । अर्घाखाँची जिल्लामा नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा रोक लगाईने भएको छ ।  यस्तै सराय नाँच नहुने  भएको छ ।   प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४ राती १२ः०० बजेसम्म रोक लगाउने गरी अन्य सबै खोल्ने निर्णय गरेको हो । 

अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि  बेलुका ८ बजेसम्म  खुल्ने छन् ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय,  सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खुलेका छन् । 

जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६