कपिलवस्तु १९ असोज ।नेकपा एमालेका केन्द्रिय सदस्य एवम लुम्विनी प्रदेशका सह इन्चार्ज गिरधारीलाल न्यौपानेले आज सबैको भरोसाको केन्द्र बनेको नेकपा एमाले यो स्थानमा पुग्नुमा विगतका सेल्टर दाताहरुको अतुलनिय योगदान रहेको वताउनु भएको छ। एमाले कपिलवस्तुका जिल्ला सचिव वावुराम आचार्यको आमा जानुकादेवी आचार्यको १० औं पुन्यदिनको अवसरमा बुटवल स्थित योगीकुटीमा भएको शोक सभामा बोल्दै यस्तो वताउनु भएको हो ।
सोही शोक सभामा बोल्दै एमालेका केन्द्रिय सदस्य एवम प्रदेश कमिटी अध्यक्ष लिला गिरीले यतिबेला मुलुकमा एमाले मात्र चुनावको पक्षमा रहेको वताउदै अरु सबै एमालेसंग लड्न डराएको दाबी गर्नु भयो । एमालेलाई यस हिसावको शक्तिशाली पार्नमा भूमिगत कालमा खानवस्न दिने र आफ्ना सबै सन्तानलाई कम्युनिष्ट वनाउन प्रेरणा दिने जानुका देवी जस्ता आमाहरुको योगदान अविश्मरणीय भएको वताउनु भयो ।
एमालेका कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले स्वर्गिय आचार्यको सिंगो परिवार पञ्चायतकाल देखिनै कम्युनिष्टमा लागेकोले यस्ता मार्गदर्शक आमाहरु गुमउदा पार्टीलाई ठूलो क्षती हुने वताउनु भयो । स्वर्गिय आचार्यका सुपुत्र वावुराम आचार्य एमाले कपिलवस्तुका सचिव हुनु हुन्छ भने अर्का सुपुत्र गोविन्द आचार्य त्रिभुवन विश्व विद्यालयका नेपाली विषयका प्राध्यापक र बरिष्ट साहित्यकार हुनुहुन्छ । उहाका २ छोरी समेत शिक्षण पेशामा रहनु भएकोछ ।
एमाले अध्यक्ष झविलाल पोखे्रलको अध्यक्षता र उपाध्यक्ष वावुराम खनालको संचालनमा भएको शोक सभामा उहाँको छोरा समेत रहनु भएका वामपन्थी नेता तीर्थराज आचार्यले जीवनी प्रस्तुत गर्नु भएको थियो भने शोक सभामा एमालेका केन्द्रिय सदस्य एवम रुपन्देही इन्चार्ज दयाराम न्यौपाने ,सांसद विष्णु पन्थी , एमालेका प्रदेश नेता डम्मरशर्मा , जंजिर थारु संविधान सभा सदस्य विश्राम प्रसाद थारु लगायतका नेतासहित कपिलवस्तु जिल्ला स्तरका कार्यकर्ताको उपस्थिती थियो ।








प्रतिक्रिया