प्रदेश

६६ औँ प्रहरी दिवशको अवसरमा रक्तदान : ५६ जना प्रहरीले गरे रक्तदान



कपिलवस्तु, १९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६६ औँ प्रहरी दिवशको अवसरमा रक्तदान गरेको छ । यही असोज २० गते मनाउन लागिएको ६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा मंगलवार एक दिने रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनु भयो ।


रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी र पत्रकार गरी ५६ जनाले रक्तान गरेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्की, ३ जना प्रहरी निरीक्षक, ६ जना प्रहरी महिला कर्मचारी गरी ५५ जना र पत्रकार महासंघका सचिव जानु पाण्डे गरी ५६ जनाले रक्तदान गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक दान बहादुरकार्कीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दान गरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्य सम्बन्धी समस्या रहेका नागरिकको जीवन रक्षामा उपयोग हुने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटिका ल्याब टेक्निसियनहरुको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले प्रहरी कर्मचारीहरुले जिल्लाको शान्ति सुरक्षा तथा चोरी तष्करी नियन्त्रणमा अहम भूमिका खेल्नुका साथै रक्तादान जस्तो पवित्र काम गरेर मानविय सेवामा समेत महत्वुपुर्ण टेवा पुर्याउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६