प्रदेश

नेपाल र चीन सिमा बिगत ६० बर्स देखि विवादमुक्त :राजदूत



काठमाडौं, १९ असोज । नराजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले यस्तो बताएकी हुन् । ‘मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ र यो मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको छ,’ राजदूत होउले ट्वीट गरेकी छन् ।

सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिले असोज १० मा प्रतिवेदन बुझाएको थियो । त्यस लगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो । यही सन्दर्भमा राजदूत होउले नेपाल–चीन सीमा विवादमुक्त रहेको अभिव्यक्ति दिएकी हुन् ।

गत वर्ष हुम्लाका कांग्रेस सांसदले चीनसँग विवाद रहेको दाबी गरेका थिए । त्यसबेला पनि चिनियाँ दूतावासले कुनै विवाद नरहेको बताएको थियो । त्यसबेला परराष्ट्र मन्त्रालयले पनि चीनसँग सीमा विवाद नरहेको स्पष्टीकरण दिएको थियो ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६