अर्थ-वाणिज्य

नेपालका ६२ किशोरीले ३१ स्थानीय तह सम्हाल्ने



काठमाडौं १९-असोज  अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालका ६२ जना किशोरीले एक दिनका लागि विभिन्न पद सम्हाल्ने भएका छन् । अक्टोबर ११ लाई अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउने गरिन्छ । उक्त दिवसको अवसरमा प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ नारासहित ‘गल्र्लस् टेकओभर’ कार्यक्रम गर्ने भएको हो ।


सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, यसका फाइदा–बेफाइदा र सदुपयोगबारे जनप्रतिनिधिहरुसँग छलफल गर्नेछन् । उनीहरुले मंगलबारदेखि आगामी सोमबारसम्म विभिन्न पदभार ग्रहण गरी काम गर्नेछन् ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६