प्रदेश

कपिलवस्तुमा फैलिएको महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन् ।



बुटवल १९ असोज  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिनुभएको छ ।मंगलवार विहानदेखी लगातार रुपममा फैलिएको झाडापखाल नियन्त्रण बाहिर गएपछि समस्या भएको थियो । उक्त क्षेत्रमा फैलिएको रोगको पहिचान गरि उपचारका लागि कुनै पनि कमी हुन नदिन र विरामिको जिवन रक्षा गर्नका लागि उहाँले स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाइ निर्देशन दिनुभएको हो ।

कपिलवस्तुको बहादुरगञ्ज आसपासका देवानगीया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजाका विरामी एका एक वढेका हुन् । आज स्वास्थ्यका केहि कर्मचारी बहादुरगञ्ज पुगेको मन्त्रालयले जनाएको छ । 

बुधबार विहान गते स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा  टोली परिचालन गरी हौजा नियन्त्रण गर्न निर्देशन दिईएको मुख्यमन्त्रीका प्रेस संल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।  यस्तै स्वाथ्य मन्त्रालयका सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले दिएको निर्देशन अनुसार रुपेन्देही र कपिलबस्तुबाट स्वास्थ्यकर्मि परिचालन गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताउनुभएको छ । साथै देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल र कपिलबस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी दिनुभएको छ ।  पानीका कारणले हैजा फैलिएको हुन सक्ने भन्दै पानीको जाँच गरिरहेको उहाँले बताउनुभयो । विहानसम्ममा  हैजा नियन्त्रण हुने देवकोटाले बताउनुभयो । हैजाका कारण अहिले सम्म ३ जनाको मृत्युु भइ सकेको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६