अर्थ-वाणिज्य

नेपाल प्रहरीको रासन वृद्धि निर्णय कार्यान्वयनयनमा,अर्थमन्त्री शर्माले गरे फाइल सदर



काठमाण्डौं, २० असोज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत यस निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् । अघिल्लो सरकारले  रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन। नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा सालवसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६