प्रदेश

एमालेको चर्को नाराबाजीबीच लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित ।



बुटवल, २० असोज। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ।

तर सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाए । प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आजै प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी तत्कालीन नेकपाबाट निर्वाचित विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरिरहेको छ ।

प्रदेशसभा सचिवालयले भने अदालतमा विचाराधीन मुद्दामा प्रदेशसभामा कुरा उठाउन नपाइने र सभामुखले एमालेको मागका आधारमा पदमुक्त गर्न नमिल्ने स्पष्ट पारिसकेको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६