काठमाण्डौ, २० असोज । विहिवार देखि कात्तिक ३ गतेसम्म सर्वोच्च अदालतसँगै देशैभरका अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलवार बसेको पूर्णबैठकले सो निर्णय गरेको हो ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ ।
न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको छ । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।








प्रतिक्रिया