प्रदेश

लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको एक वर्ष पूरा, नामका लागि एउटा मात्र मन्त्रालय ।



तुलसीपुर,२० असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएको वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो ।

प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २ नम्बर र अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर राजधानी घोषणा भएपछि प्रदेशका संरचना स्थायी राजधानीमा सर्ने र त्यहीअनुसारका संरचनाहरू निर्माण हुने नागरिकमा अपेक्षा थियो ।

तर राजधानी घोषणा भएको एक वर्ष बितिसक्दा एउटा मन्त्रालय स्थायी राजधानीमा आइपुगेको छ । तर मन्त्रालयका मन्त्रीदेखि कर्मचारी भने अस्थायी राजधानीमै बस्ने गरेका छन् ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६