अर्थ-वाणिज्य

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो, ८२ लाख कित्ता सर्वसाधारणका लागि ।



काठमाडौं २० असोज। मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि  ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।

कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।

आईपीओमा सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका बिक्री शाखा कार्यालय वा मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६