प्रदेश

माओवादीले तोक्यो समावेशी मन्त्रीः पचास प्रतिशत महिला, सहिद परिवार पनि समेटिए ।



काठमाण्डौं,२० असोज । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको थियो भने नेता नारायणकाजी श्रेष्ठले समर्थन गर्नुभएको थियो ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्नुभएको थियो ।

योसँगै माओवादीले अहिलेसम्मकै समावेशी र कामकाजी व्यक्तिहरुलाई मन्त्रीमा चयन गरेको छ । माओवादीले मन्त्री र राज्यमन्त्रीमा छ जना पाएकोमा ठीक पचास प्रतिशत अर्थात आधा महिलालाई पठाएको छ । फम्फा भुसाल, शशी श्रेष्ठ र बोधमाया यादव तीन जनाले देउवा मन्त्रिपरिषद्मा सशक्त महिला उपस्थिति देखाउने छन् ।

सिफारिस गरिएका बाग्लुङका देबेन्द्र पौडेल अहिलेसम्म मन्त्री बन्नुभएको थिएन । उहाँलाई पहिलोपटक अवसर दिइएको छ । त्यस्तै जन्मघर रुकुम भइ हाल बाँकेमा स्थापित महेश्वर गहतराज जनयुद्धकालमा बाँके बर्दिया इञ्चार्जलगायत विभिन्न जिम्मेवारी निर्वाह गरिसक्नुभएको पश्चिम नेपालका माओवादी खम्बा मानिनुहुन्छ । उहाँले दलित समुदायको समेत प्रतिनिधित्व गर्नुहुन्छ ।

उपत्यकामा स्थापित शशि श्रेष्ठ अहिले संसदीय समिति सभापतिको जिम्मामा रहनुभएको थियो । माओवादीमा उहाँ महत्वपूर्ण महिला नेताको रुपमा स्थापित हुनुहुन्छ । धनुषाकी बोधमाया यादव सहिद रामबृक्ष यादवकी छोरी हुनहुुन्छ । मधेशी महिलाको तर्फबाट प्रतिनिधित्व गर्ने बोधमाया सहिद सन्तति हुनुहुुन्छ ।त्यसो त महेश्वराज गहतराज पनि सहिद परिवारकै सदस्य हुनुहन्छ । उहाँका भाइलगायत धेरै आफन्तहरु जनयुद्धका सहिद हुनुहुन्छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६