अन्तर्राष्ट्रिय

प्रारम्भीक बिबरण :भूकम्प जाँदा कम्तीमा १८ को ज्यान गयो करिब ५० जना घाइते



काठमाडौं, २१ असोज । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज (बिहीबार) बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६