प्रदेश

दाङमा स्मार्ट लाईसेन्सको एकवर्षे परिक्षणकालीन वितरण सेवा सुरु



 तुल्सिपुर २१ असोज। दाङमा स्र्माट लाईसेन्स सरहको एकवर्षे परिक्षणकालीन लाईसेन्स वितरण सेवा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच यातायात व्यवस्था कार्यालय तुलसीपुरबाट दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले राम नारायण थारुलाई परिक्षणकालीन पहिलो लाईसेन्स कार्ड दिएर सेवाको सुरुवात गरेका हुन् ।

एक वर्षका लागि परिक्षणका रुपमा अस्थायी स्मार्ट जस्तै देखिने डिजिटल कार्ड दिने ब्यवस्था यातायात विभागले मिलाएको छ । ट्रायल पास गरेका तर स्मार्ट लाईसेन्स नपाएका व्यक्तिहरुका लागि एक वर्षको लागि परिक्षणकालीन लाईसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय दाङका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिए । ट्रायल पास गरिसकेकालाई एक वर्षसम्म परिक्षणकालीन लाईसेन्स दिने भन्ने विभागको प्रावधानअनुसार दाङमा पनि परिक्षणकालिन लाईसेन्स वितरण गरिएको केसीले बताए ।

उक्त लाईसेन्सको अवधि एक वर्षको लागि मात्रै हुनेछ । उक्त लाईसेन्समा गलत या सही व्यक्ति हो भनी पहिचालको लागि क्युआर कोड स्क्यानगर रहने व्यवस्था छ । जसलाई ट्राफिक प्रहरीले आफ्नो मोवाईलमा एप्स प्रयोग गरि जागर्नेछ । उक्त लाईसेन्सको छुट्टै कुनै शुल्क लाग्ने छैन् । त्यसका साथै लाईसेन्सको सबै कुरा आफै सिस्टममा गएर बस्ने भएकाले एक वर्षसम्म परिक्षणकालीन लाईसेन्स प्रयोगकर्ताले पाँच पटकसम्म ट्राफिक नियम उलङ्घन गरेको अथवा जरिमाना परेको पत्ता लाग्ने र एक वर्षमा छैटौ पटक जरिमानामा परेमा उक्त व्यक्तिले स्मार्ट कार्ड नपाउने केसीले जानकारी दिए ।

परिक्षणकालीन लाईसेन्स प्रयोग कर्ताले छैटौ पटक जरिवाना परेमा उसको मोबाईलमा तपाई परिक्षणकालीनको समयमा फेल हुनुभयो, तपाईको स्मार्ट लाईसेन्सको परिक्षणकाल सकियो सरी अर्को पटक फाराम भर्नुहोला भनि मोबाईलमा जानकारी आउनेछ । यदि एक वर्षमा पाँच पटकभन्दा कम जरिवानामा परेमा तपाईलाई बधाई छ तपाईको स्मार्ट कार्ड परिक्षणकाल सकियो भनेर जानकारी आउने निमित्त प्रमुख केसीले जानकारी दिए । प्रत्येक दिन तीन बजेपछि कार्यालयबाट ट्रायल पास गरेकाहरुले परिक्षणकालीन लाईसेन्स पाउनेछन् । पहिलो दिन यातायात व्यवस्था कार्यालय दाङबाट ९३ जना सेवाग्राहीहरुलाई परिक्षणकालीन स्मार्ट लाईसेन्स वितरण गरिएको छ ।

वर्षौदेखि स्मार्ट लाईसेन्सको लागि ट्रायल पास गरेर लाईसेन्स नपाएका सेवाग्राहीहरुले परिक्षणकालीन लाईसेन्स पाउँदा खुशी व्यक्त गरेका छन् । तुलसीपुरकी सोनी वलीले परिक्षणकालीन लाईसेन्स पाएपछि अब ढुक्क भएर यात्रा गर्न सकिने बताईन् । ट्रायल पास गरे पनि लामो समयसम्म लाईसेन्स नपाउँदा धेरै पटक उनी ट्राफिक प्रहरीको फन्दामा परेर कयौँ पटक चिट काट्नु परेको थियो । अब भने परिक्षणकालीन लाईसेन्स पाएपछि भने यात्रामा सहजता आउने उनको भनाई छ ।

घोराहीका गणेश विश्वकर्मा जागिरको शिलशिलामा तुलसीपुरमा बस्दै आएका छन् । विदाको समयमा घर जाउ आउ गर्ने क्रममा अथवा कामको सिलसिलामा कतै जानु पर्यो भने लाईसेन्स नहुँदा ट्राफिक प्रहरीले केही भन्छ कि भन्ने चिन्ताले उनलाई सताउने गरेको थियो । तर अहिले परिक्षणकालीन लाईसेन्स पाउँदा एकदमै खुशी लागेको उनले सुनाए ।

पहिले ट्रायल पास गरे पनि कागज मात्रै पाईन्थ्यो, अहिले भने स्र्माट लाईसेन्स सरहको लाईसेन्स दियो यो यातायात व्यवस्था कार्यालयको सुधारात्मक कार्य भएको भन्दै सेवाग्राहीहरुको लागि यो खुशीको कुरा रहेको उनले बताए । परिक्षणकालीन लाईसेन्स वितरण गर्दै दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अहिले सरकारले सेवाग्राहीहरुका लागि समय सान्र्दभिक रुपमा सहज तरिकाले लाईसेन्स पाउने तरिकाले परिक्षणकालीन लाईसेन्स वितरण सेवा सुरु गरेको बताए ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६