तुलसीपुर,२१-असोज ।तुलसीपुर उपमहानगरपालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोहन पौडेल आएका छन् । रोल्पा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका पौडेल बुधबार देखि तुलसीपुरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । दाङको बिजौरी घर भएका पौडेल उपसचिव हुन् । उनी बुधवार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा आएर जिम्मेवारी सम्हालेको सुचना बाबुराम अधिकारी न्यौपानेले जानकारी दिए । यसअघि निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका भाष्करराज गौतमले अवकाश लिएपछि अहिले कृषि शाखा प्रमुख धनराज गौतमले निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
२१ आश्विन २०७८, बिहिबार








प्रतिक्रिया