अर्थ-वाणिज्य

बिवाद रहित र सुदृढ एमालेको सुविधाजनक बहुमत सुनिश्चित : नेता न्यौपाने



कपिलवस्तु २१ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य एवम लुम्विनी प्रदेश सह इन्चार्ज  गिरधारीलाल न्यौपाने विधान महाधिबेशनपछि एमाले कार्यकर्ता पंक्ति अत्यन्तै उत्साहित भएको वताउनु भएको छ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजसंग समय सन्दर्भ कार्यक्रममा अन्तरर्वाता दिदै यस्तो बताउनु भएको हो । अध्यक्ष केपि ओलीले गरेको विवाद रहित नेतृत्व र अधिबेशनमा दिएको अभिब्यक्तिवाट कार्यकर्तामा उच्च उत्साह पैदा भएको उहाको दावि छ । 

नेता न्यैपानेले माओवादी नेता प्रचण्ड अत्यन्तै अत्तालिएको वताउनु भयो । माधव नेपाले एमाले फुटाएर प्रचण्डलाई राहत पुराउन नसकेपछि उहा धेरै निराश र आक्रान्त दुबै भएको न्यौपानेको तर्कछ । त्यसैले कहिले म एक्लो हुदैछु भन्ने गरेको कहिले एमाले विरुद्ध लड्नोस भिड्नोस भनेको जस्ता अत्तालिएका अभिब्यक्ति दिइ रहेको न्यौपानेले वताउनु भयो । अहिले सम्म करिव ३० प्रतिशत नेता कार्यकर्ता माओवादीवाट एमालेमा  सामाहित भएको दावि गर्दै नेता न्यौपानेले भन्नु भयो चुनाव सम्म माओवादीमा प्रचण्ड र केहि सिमित नेता मात्र रहन्छन् अरु सबै एमालेमा समाहित भइसक्छन्  ।

नेता न्यौपानेले आफ्नो ४० बर्षलामो राजनैतिक जीवनकालमा कम्युनिष्ट पार्टीमा यति ब्यवस्थित विधान  अधिबेशनमा पहिलो पटक भाग लिएको वताउदै नेता न्यौपानेले भन्नु् भयो एमाले भित्रको पछिल्लो सुदृढ संगठनले  आगामी चुनावमा सुविधाजनक बहुमत ल्याउछ र सरकार बनाउछ  ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६