प्रदेश

कपिलवस्तुको कृष्णगनरमा रोकिएन झाडापखाला प्रकोप ।



कपिलवस्तु २१ असोज । कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाका प्रकोप झनै फैलिदै गएको छ । कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को एक दर्जन गाउमा फैलिएको झाडा पखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर बढ्दै गएको हो । प्रकोप सुरु भएको पाचौ दिन सम्म पनि अझै नियन्त्रणमा आएको छैन । झाडा पखालाबाट ५ बर्षिय बालक र ४५ बर्षिय पुरुषको मृत्यु भई सकेको छ । गत आईतावार साझबाट त्यहा झाडा पखालको प्रकोप सुरु भएको थियो । महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा प्रभावित भएका छन ।

अस्पताल प्रशासन अन्सार बिहीवार बिहान सम्म बहादुरगंज अस्पतालमा ३ सय ७० जना बिरामी संपर्कमा आएका छन । तर स्थानीयबासीले भने अस्पताल र निजी क्लिनीकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन । स्थानीय मनिष गुप्ताले झाडापखालाको बिरामीको संख्या ५ सय नाघेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय अनुसार बहादुरगंज अस्पतालमा सम्पर्कमा आएका बिरामी ३ सय ७० जना बिरामी मध्ये १ सय १० जना उपचारत रहेका छन । २ सय २८ जना बिरामी निको भई घर फर्कि सकेका छन । जटिल खालका ३२ जना बिरामीहरु कपिलवस्तु अस्पताल र प्रादेशिक अस्पताल बुटलमा रिफर गरी पठाइएको पाण्डेयले बताए । प्रकोप सुरु भएको पाचौ दिन सम्म पनि झाडा पखाला नियन्त्रण हुन सकेको छैन ।

बिरामीको संख्या निरनतर बढीरहेकोले उपचारमा समेत समस्या आएको छ । बेड अभावल भए पछि बिरामीलाई अस्पतालको बरन्डा, गल्ली र भु्ईमा उपचार भईरहेको छ । यस्तै अस्पताल किनारमा रहेको रामगार्खा उच्च माबि र महेन्द्र प्राबिमा समेत बेड राखेर बिरामीहरुको उपचार भईरहेको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए । अस्पताल बाहेक अन्य स्थानिय मेडिकल,क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको सख्या १ सय भन्दा बढी रहेको उनले बताए । मेयर शाहले प्रकोप फैलिन नदिन र आवश्यक सामाग्री जुटाउन आफुहरु लागी परेको उनले बताए ।

कृष्णनगर नगरपालि भरी सचेतनामुलक माईकिङ समेत गएिको उनले बताए । राम गोरखा माविमा अहिले ४० जना बिरामीको उपचार भइरहेको छ । बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर.मुकेश चौधरीले बिरामीको हरुको चाप निरन्तर बढदै गए पछि उपचारमा समस्या आएको बताए । उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसंग आग्रह गरेका छन । अहिले यस अस्पतालमा ७ जना डाक्टरहरले उपचार गरिरहेका छन् । प्रदेशवाट  २ जना,जिल्लावाट ४ जना र एक जना यसै अस्पतालमा कार्यरत डाक्टरहरुले उपचार गरिरहेको छन ।

दुषित पानीका कारण झाडा पखालको प्रकोप फैलिएको हुन सक्ने अस्पतालका डाक्टरहरु बताउछन । उनीहरुले प्रकोपलाई हैजा समेत हुन सक्ने बताएका छन । स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले ५ जनाको दिशा र त्यस क्षेत्रको पानीको परिक्षणकालागि परिक्षणकालागि काडमाण्डौ र प्रदेश प्रयोगशाला पठाइएको बताए ।

त्यसको प्रतिबेदन अझै आई नसकेको उनले बताए ।  चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । अहिलको समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यति कै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६