अर्थ-वाणिज्य

सिनर्जीले ल्यायो पर्बका अबसरमा बम्पर उपहार ।



कपिलवस्तु,  २२ असोज । विजया दशमीको अवसर पारी कपिलवस्तुको सिजर्नी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान सँगै दशैँ बम्पर उपहार शुभारम्भ गरेको छ । सहकारी बजार बोडगाउँमा आयोजति एक कार्यक्रमका साथमा सहकारीले दसै तिहार तथा छठ पर्बका अबसरमा बम्पर उपहार कार्यक्रम बिहिाबार देखि शुाभारम्भ गरेको जनाएको हो ।

बम्पर उपहार अन्गरतग सहकारीले ३००० को सामान खरिदमा १ उपहार कुपन, ६००० बराबरको सामान खरिदमा २ कुपन, ८००० को सामान खरिदमा ३ कुपन, १०००० को सामान खरिदमा ४ कुपन र ११ हजारको सामान खरिदमा ५ कुपन दिइने जनाएको हो । यो कार्यक्रम असोज २४ गते देखि कार्तिक २४ गते सम्म एक महिना लागु हुने छ । उपहार कुपनका विजेताहरुले प्रथम पुरस्कार फ्रज पाउने छन भने द्धितीय हुनेले स्टिल दराज, तृतिय पुरस्कार ग्यास सेट, चौथो पुरस्कार राईस कुकर र सान्तवना पुरस्कार भिते घडी १३ जनालाई प्रदान गर्ने सहकारीले जनाएको छ ।

शुभकामना आदानप्रदान तथा बम्पर उपहार शुभारम्भ कार्यक्रममा सहकारीका अध्यक्ष लक्षमण प्रसाद बेल्बासेको अध्यक्षता सहति बाणगंगा ८ का वडा अध्यक्ष अध्यक्ष गुणानिधी भुसालको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उधोग बाणिज्य संघका प्रतीनिधि गिरि राज पौडेल, वाणगगा दुग्ध सहकारी संस्थाका अध्यक्ष राधेश्याम न्यौपाने, टोल बिकास सस्थाका अध्यक्ष, वाणगगा माबिका प्राचार्य कुलराज पौडेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सिनर्जी बहुउद्धेश्यीय सहकारी बोड्गाउ शाखाका संयोजक हुमनाथ पौडेलको स्वागत सहित चिल्ड्रेन प्यारा डाईज ईङ्लिस बोडिङ स्कुलका प्रिन्सिपल केसब सापकोटा,भलवाड सेवा केन्द्रका संयोजक धुर्ब बेल्बासे, लगाएतले सम्बोधन गरेका थिए ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६