प्रदेश

झाडाबान्ता प्रभावित क्षेत्रको पानी परिक्षणमा दिसामा पाइने जीवाणु पाइयो :स्वास्थ्य कार्यलय



कपिलवस्तु २२ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पिउने पानीमा दिसामा पाइने जीवाणु कोपलफर्म र इकोली फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार प्रभावित क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु फेला परेको हो । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको बताए । 

कार्यालयले नेपाल खानेपानी संस्थान बहादुरगन्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि गाडेका चापाकल र सय फिटभन्दा कममा गाडेको कलको पानीबाट नमूना लिएको थियो । सय फिटमा गाडेको कलमा भने जीवाणु फेला परेको छैन । संकलित नमूना बाणगंगास्थित प्रदेश स्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको हो । समुदायदेखि चार नमूना संकलन गरिएको थियो । 

ल्याबले दिएको जानकारीअनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको जानकारी आएको घिमिरेले बताए । रिपोर्टको पूर्ण विवरण बिहीबार साँझसम्म आउने स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार थप एक सय जना बिरामी थपिएर ४ सय ३० पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पान्डेले जानकारी दिनुुभयो । 

पान्डेका अनुसार अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकमा आउने क्रम जारी रहेको छ जसमा २ सय २८ जना डिस्चार्ज हुँदा जटिल ३२ विरामीलाई अयन्त्र रिफर गरिएको छभने हाल सम्म २ जनाको मृत्यु भएको छ । कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६