अर्थ-वाणिज्य

बिकासको बित्तिय हबमा भित्रियो सानिमाको ८८ औं शाखा



कपिलवस्तु २२ असोज । सानीमा बैंकको ८८ औ शाखाको कपिलवस्तुमा उद्घाटन गरिएको छ । नेपालको कान्छो बैंकका रुपमा रहेको सानिमाको लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बाणगंगाा नगरपालिका वडा नम्बर ४ मा रिवन काटेर र पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गर्नुभएको हो । 

नेपालीहरुको महान पर्ब बिजयादशमीको पहिलो दिन घटस्थापनाको अवसर पारि उद्द्दाटन गरिएको बैंकले बिहिबारबाटै कारोवार पनि शुरु गरेको छ । बैंकको शुभारम्भ गर्दै सासंद पन्थीले सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कपिलवस्तु जिल्ला लुम्बिनी प्रदेशको बिकासको हब बन्ने क्रममा रहेको बताउदै यहा बित्तिय संस्था ,उद्योगधन्दा ,कलकारखाना लगाएतको स्थापनामा प्रतिस्पर्धा नै चलेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै बाणगंगा नगरका उपप्रमुख चक्र अर्यालले पनि शुभकामना दिनुभयो । नगरमा बिकास र समृद्धिको लहर  चलेकाले सानिमाको आगमन पनि आर्थिक क्षेत्रको बिकासको एक फड्को भएको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहलले बाणिज्य बैंकहरुमा सानिमा अग्र स्थानमा रहेको बताउनुभयो । यसमा लगानी गर्ने ब्यक्ति ,एनआरएनहरु भएको कारण आर्थिक पारदर्शिता ,सर्वसाधारणलाई दिने सेवा सुबिधा  ,ब्याजको दर नै सानिमाको आकर्षण रहेको उहाले बताउनभयो । 

बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रकाश कार्कीको स्वागत र पत्रकार चन्द्रकान्त न्यौपानको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संद्दका बरिष्ठ उपाध्यक्ष छबिलाल रेश्मी ,समाजसेवी शंकर पाण्डे लगाएतले बोल्नु भएको थियो ।कार्यक्रममा नगरका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु पौडेल ,स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डे ,समाजसेवी नारायण पौडेल ,यहाका बुद्धिजिबी लगाएतको सहभागिता रहेको थियो । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६