जीवनशैली

कपिलवस्तुमा भयो नयाँ काम :बर्षाैदेखी अलपत्र शिक्षक दरबन्दीको मिलान



कपिलवस्तु २२ असोज । बाणगंगा नगरपालिकाले कपिलवस्तुका अन्यपालिकाले गर्न नसकेको नयाँ काम सम्पन्न गर्न लागेको छ । बर्षाैदेखी शिक्षकको दरबन्दी मिलान हुन नसकेकोमा नगरले यो काम सम्पन्न गरेको आज सम्पन्न कार्यपालिका बैठकले समिक्षा गरेको छ । बैठकले नगर भित्रका बिद्यालय समायोजन तथा दरबन्दी मिलानका लागी बनाइएको नगर शिक्षा समिति,दरबन्दी मिलान कार्यदल र दरबन्दी मिलान समितिले ल्याएको प्रस्तावलाई स्वीकृत गरी कार्यन्वय गर्ने निणर्य गरेको पौडेलले वताउनु भयो । 

कपिलवस्तु जिल्लाको बाणगंगा नगर कार्यपालिकाको बैठकले नदी जन्य पदार्थको तत्काल ठेक्का लगाई विकास निर्माणका काम द्रुततर रुपमा सम्पन्न गर्ने निर्णय गरेकोछ ।  नगरपालिकाको कार्यालयमा बसेको बैठकले  पशु तथा स्वास्थ्य क्षेत्रको दररेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले बताउनु भयो । 

नदीजन्य पदार्थको ठेक्काको लागी बाणगंगा नगरपालिकाको बनकसिया र मधुबनधाम क्षेत्र , धिरि र कोइली नदीको ठेक्का दिन सुचना निकाल्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनु भयो । त्यस्तैबजार अनुगमनको प्रतिवेदन अध्ययन गरि, २११ बिभिन्न पसलमा गरीएको अनुगमनपछि कमजोरी भेटीएका पसलहरुलाई सचेत गराइएको छ भने नियमित नभएका ७ सहकारीलाई खारेजीको लागी ३५ दिने सुचना निकाल्ने निणर्य भएको हो । जसमा भेवा कृषी सहकारी वडा न ११, आकस्मीक कृषि सहकारी ११ , जनकृषी सहकारी ११, त्रिशुल कृषी सहकारी ११, पटना महिला कृषी सहकारी १०, परोपकार उपभोक्ता  सहकारी १० र  शहिद स्मृति सहकारी सस्था वडा न ३ रहेका छन ।

 कार्यपालिकाको बैठकले  वडा न ८मा बन्ने आर्युबेद अस्पतालको डिपिआर निमाणर्को लागी सुचना निकाल्ने र नगर भित्रका घरधुरीहरुको नम्बरीङ गर्ने निणर्य भएको उप प्रमुख चक्र अर्यालले वताउनु भयो  । सुरुमा वडा नः २, ४ र ८ बाट नम्बरीङ गरीने छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६