कपिलवस्तु २२ असोज । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउदै आएको माउण्ट एभरेष्ट सामाजिक विकास संस्था, भगलापुर, कपिलवस्तुले आफ्नो २८ औं वार्षिकउत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारुले संस्थाले समग्र सामाजिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै अगामी दिनमा समाजमा प्रभाव बढाउन आग्रह गर्नु भयो ।
वार्षिक उत्सव कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खेमराज भट्टराईले विगतको स्मरण गर्दै सबै क्षेत्रबाट प्राप्त सहयोगबाट आफुहरु उत्साहित रहेको बताउनु भयो । कार्यक्रममा माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष युवराज पोख्रेलले संस्थाले आफ्नो सेवालाई प्रभावकारी बनाउदै सबै गाउँबासीको सहयोगीको रुपमा संस्थाले भूमिका गर्ने बताउनु भयो । संस्थाका संस्थापक, पूर्व अध्यक्ष, सदस्य एवम् स्थानियबासीको उपस्थिती रहेको वार्षिक उत्सव कार्यक्रम संस्थाका अध्यक्ष रविलाल भट्टराईको अध्यक्षता र संस्थाका सचिव प्रकाश भुसालको संचालनमा सम्पन्न भएको थियो ।








प्रतिक्रिया