जीवनशैली

कम्युनिष्ट आन्दोलनको सफलतामा कुवारीको योगदान अतुलनिय :न्यौपाने



कपिलवस्तु २२ असोज । नेकपा (एमाले) कपिलवस्तुले स्व. कुवारी उपाध्यायको संझनामा शोक सभा सम्पन्न गरेको छ । शोक सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले कम्युनिष्ट आन्दोलनमा कुवारी उपाध्याय जस्ता थुप्रै आमाहरुको योगदानबाट सफलता प्राप्त भएको बताउनु भयो । कपिलवस्तु २२ असोज । नेकपा (एमाले) कपिलवस्तुले स्व. कुवारी उपाध्यायको संझनामा शोक सभा सम्पन्न गरेको छ । शोक सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले कम्युनिष्ट आन्दोलनमा कुवारी उपाध्याय जस्ता थुप्रै आमाहरुको योगदानबाट सफलता प्राप्त भएको बताउनु भयो । 

नेता न्यौपानेले थुप्रै आमाहरुका प्रेरणाथायी कार्यबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडी आएको चर्चा गर्नु भयो । शोक सभामा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुको कम्युनिष्ट आन्दोलनमा बनकसियाबासीको भूमिका स्मरण गर्दै जिल्ला पार्टीले पुस्तक प्रकाशन गरी यहाँहरुको ईतिहासको संरक्षण र योगदानको कदर गर्ने बताउनु भयो । अध्यक्ष पोख्रेलले असल कर्मबाट मात्र कम्युनिष्ट आन्दोलन अगाडी आएको चर्चा गर्दै असल बाटोमा हिडन सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो । 

स्व.कुवारी उपाध्याय नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य तथा बाणगंगा नगर कमिटीका सचिवालय सदस्य नमनारायण उपाध्यायकी आमा हुुनुहुन्छ ।  शोक सभामा एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, एमाओवादीका नेता जयकरण थारुले मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन एमाले जिल्ला सचिवालय सदस्य युवराज पोख्रेलले गर्नु भएको थियो ।

शोक सभामा एमाले नेताहरु विश्राम प्रसाद थारु, धर्मराज भुसाल, विष्णु गौतम, वडा नं. ७ का अध्यक्ष विष्णु गिरी, वडा नं. ६ का अध्यक्ष सुकदेव थारु, समाजसेवी भभुते थारु लगायतका स्थानिय नेता कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६