कपिलवस्तु २३ असोज। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनले हुमनाथ पौडेलको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल, उपाध्यक्ष (उद्योग)मा ओम बहादुर के.सी., उपाध्यक्ष (वाणिज्य)मा मो.थकाली मियाँ, यसोसियट उपाध्यक्षमा राम रक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ पौडेल, कोषाध्यक्षमा शालिकराम आचार्य रहनुभएको छ ।यस्तै सदस्यहरुमा रेवता पौडेल, गंगा के.सी., विष्णु प्रसाद पाण्डे, बासुदेव खनाल, कमला प्रसाद यादव, प्रल्हाद यादव, राजेश गुप्ता, विष्णु कुर्मी, होमनाथ न्यौपाने, भूपेन्द्रै अधिकारी, सिद्धप्रसाद अधिकारी, कमल अधिकारी, शंकर क्षेत्री, सुक्मदीन मियाँ, नन्द किशोर चौधरी, कृष्ण बहादुर कलवार, बेलाल अहमद र गोविनद पौडेल रहनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन शुक्रबार जिल्लाको चारनम्बर जीतपुरमा सम्पन्न भएको थियो ।
२३ आश्विन २०७८, शनिबार








प्रतिक्रिया