कपिलवस्तु असोज २२ गते
अस्पतालमा बबाल मच्चाउँदा कपिलवस्तुमा २ जनालाई प्रहरीले समाएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली काँग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो । दुवैले शुक्रवार राती कपिलवस्तु अस्पतालमा पुगी अभद्र व्यवहार गरेका थिए । उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिई थुनेको स्रोतले बताएको छ ।
पक्राउ परेका कार्की तौलिहवा आँखा अस्पतालका अस्पतालका समेत हुन । हालै सम्पन्न नेपाली काँग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा कार्की सभापति पदमा पराजित भएका थिए । अस्पतालको प्रशासन भए पनि कार्कीले पदको धज्जी उडाउँदै राजनीति गर्दै आएका छन् । दुवैले अस्पतालमा पुगी कर्मचारीलाई थर्काउने , ड्युटीमा बसेका प्रहरीलाई गर्दै बबाल मच्चाउँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना स्थलमा माफी माग्न आग्रह गरे पनि दुवै तयार भएका थिएनन् ।
आफ्ना नेता पक्राउ परे पछि नेपाली काँग्रेस नेतृत्व ले कार्कीलाई छुटाउनको लागि प्रहरीमा दबाब दिएको छ । यता प्रहरीले समेत दुबैलाई परिवारका सदस्यको रोहबरमा जिम्मा लगाउने तयारी गरेको स्रोतले बताएको छ । सामान्य मानिसले उत्पात मच्चाउँदा मुद्दा चलाउने प्रहरीले राजनैतिक दबाबमा दुबैलाई छोड्ने तयारी गर्नुमा आशङ्का व्यक्त गरिएको छ ।
प्रतिक्रिया