काठमाण्डौ,२३ असोज । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।
नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
प्रतिक्रिया