प्रदेश

प्रतिकिलो ६ सय ४० रुपैयाँमा दशैँका लागि खसीबोका पाईने ।



काठमाण्डौ, २३ असोज । दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाण्डौको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैँका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गर्नु भयो । उहाँले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।

कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवस्यक्ता अनुसार थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिनुभयो । उहाँले दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताउनु भयो ।

कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताउनु भयो । 

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६