प्रदेश

गत वर्ष भन्दा यो वर्ष कपिलबस्तुमा ७ प्रतिसतले धान उत्पादन बढी हुने



कपिलवस्तु,२३ असोज । कपिलबस्तुमा यस वर्ष धान उत्पादनमा बृद्धि हुने भएको छ । धेरै ठाउँमा धान पाक्न थालेको छ । केही ठाउँमा किसानले काट्न पनि सुरु गरेका छन् । धान वालीको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ७ प्रतिसत बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख रविन्द्रनाथ चौबेले बताउनुभयो ।

यो वर्ष धेरै ठाँउमा सिचाईको पहुँच पुग्नु, धेरै वर्षा हुनु, समयमा उपलब्ध हुनु, बालीमा रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।

यति वेला कपिलवस्तुुको वाणगंगा, तौलिहवा, गजेहडा, जहदी, चन्द्रौटा, राजपुर, जगदिशपुर लगायतका ठाउँमा लटरम्म पहेलपुरे धान पाकेका छ । धान राम्रो फलेकोमा किसानहरु खुशी भएका छन् । पर्याप्त वर्ष हुँदा यो वर्ष धान राम्रो फलेको वाणगंगा नगरपालिका वडा नम्बर ७ कि सीता गुरुङले बताउनुभयो । “अघिल्लो वर्ष रोप्ने बेलामा दुख भएको थियो र धान पनि त्यति राम्रो भएको थिएन ।’’ उहाँले भन्नुभयो “यो वर्ष भने बेलैमा पानी पर्यो असारको पहिलो हप्ता नै रोपाइ गरेर सकियो । अहिले धान पनि राम्रो फलेको छ।’’ “यस्तै वडा नम्बर ८ धनेसपुर निवासी बसन्ता पान्डे पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष धान राम्रो भएको बताउनुभयो”

मध्य असोज पार भएर दसैं नजिकिएका बेला किसानहरुलाई धान काट्ने चटारो छ ।  जिल्लामा हालसम्म २ प्रतिशत जति ठाउँमा धान काट्ने काम कृषि ज्ञान केन्द्रका प्रमुख चौवेले जानकारी दिनुभयो । छिटो पाक्ने धान अहिले काट्ने काम भईरहेको उहाँको भनाई छ ।

गत वर्ष जिल्लामा ७१ हजार २०० सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो भने यो वर्ष ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सावित्री, रामधान, लगायतका सुख्खा जातका धान एक दुई स्थानमा लगाइएको छ । बढी मात्रामा हाइब्रेट,काला नमक,चौसट्ठी–चौवालिस र सावा मन्सुली जस्ता धान किसानले लगाएका छन् ।

धान राम्रो फलेपनि बजार भाउ नपाउने हो कि भन्ने किसानहरूको चिन्ता छ । ‘मेहनत र खर्च गरेर धान लगायो। गत वर्ष बेच्नको लागि राम्रो मुल्य नै पाइन्थेन । यो वर्ष खै के हुने हो।’ कृषक सीता गुरुङले भन्नुभयो।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६