प्रदेश

दशैँका लागि सात लाखभन्दा धेरैले काठमाण्डौ छाडे ।



काठमाण्डौ, २४ असोज ।  दशैँका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाण्डौ उपत्यका छाडेका छन् । यो महिना सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको सङ्ख्या बढेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो ।

गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।

तथ्याङ्कअनुसार यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् । यात्रुको चाप बढेसँगै काठमाण्डौ उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी दुई नाका काठमाण्डौको नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।

यी दुई नाकामा अहिले पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैँमा यात्रा गर्ने यात्रुको सहजताका लागि नागढुङ्गादेखि नारायणघाटसम्मको सडक खण्डमा ठूला गाडी चलाउन रोक लगाए पनि यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि जाम हुने गरेको छ । 

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६