प्रदेश

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो, कम्तीमा पाँच जना घाइते ।



बुटवल, २४ असोज ।   रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ । प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन् ।

आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको हो । औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनभयो ।

औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६