प्रदेश

अनेमसंघ विजयनगरले वडा स्तरीय भेलालाई तिब्रता दिदै



कपिलवस्तु असोज २४ ।

कपिलवस्तुको विजयनगरमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले वडा स्तरीय भेलालाई तिब्रता दिईएको छ । महिलाहरु नेतृत्व गर्ने ठाउमा पुगाउने अभियानमा लागेको अनेमसंघले धमाधम वडा स्तरीय कमिटि गठन गर्दै गएको छ । यसैबिच शनिबार बिजयनगर गाउपालिका ७ मा अखिल नेपाल महिला संघको ५१  सदस्यीय वडा कमिटि गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका नेकपा एमाले जिल्ला कमिटी सदस्यीय गोपाल बहादुर थापा, जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी थारु ,वडा अध्यक्ष दिनेश कुमार चौधरीले महिलाहरुको शशक्तिकरणका लागि अनेमसंघले काम गर्ने बताउनुभएको छ ।

May be an image of one or more people, people standing, people sitting and text that says 'REDMI NOTE 9 AIQUAD CAMERA'राज्यले महिलाहरुका लागि दिएको अधिकारको प्रभावकारी ढंगबाट कार्यान्वयन नभएको भन्दै एकढिक्क भएर संगठनमा जुटुपर्नेमा जोठ दिनुभयो । जवसम्म महिलाहरु नेतृत्वमा आउन सक्दैनन तब सम्म महिला हिंसा नरोकिने बताउनुभयो । गाउपालिकाले महिलाहरुको शशक्तिकरणका लागि थुप्रै योजना बनाएको भन्दै गाउपालिकाले गर्ने सबै काममा महिलाहरुले पुरुष बराबरको सहभागिता जनाउन सुझाब दिनुभयो । वडा कमिटि संयोजक पूर्णकला खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोपबन्द सापकोटाले गर्नुभएको थियो । 

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६