कपिलवस्तु २५ असोज। लुम्बिनी प्रदेशका सासंद एवम एमाले नेता बिष्णु पन्थीले बजेट प्रतिस्थापन बिद्येयक ल्याएको बर्तमान प्रदेश सरकारले ५० प्रतिशत बजेट पनि खर्च गर्न नसक्ने दाबी गर्नुभएको छ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजको समय सन्दर्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । यस अघिको सरकारले ल्याएका मह्वपूर्ण बिकास बजेट काटेर वितरण मूखि किसिमका कार्यक्रम राखिएको भन्दै बजेटले प्रदेशको आर्थिक बिकासमा टेवा नपु्याउने बताउनुभयो ।उहाले कपिलवस्तुको अपेक्षाकृत बिकास हुन श्रोत साधनको सिमितता रहे पनि बाणगंगा करिडोर राजापानी सांस्कृतिक भिलेज ,जगदिशपुर तालको बृहत बिकास जस्ता महत्वपूर्ण योजना यस अघिको सरकारले अघि सारेको बताउनुभयो । बर्तमान सरकारले ति योजनाहरु नकाटेमा १÷२ बर्षमै महत्वपूर्ण नतिजा आउन सक्ने उहाको भनाई छ। नेपालको पछिल्लो राजनितिक र सत्ता स्वार्थबाट जनता निकै निराश बनेको बताउदै सबै दलका शिर्षनेता असफल भईसकेकाले ढिलो चाडो युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुने समेत उहाले तर्क गर्नुभयो ।
२५ आश्विन २०७८, सोमबार
प्रतिक्रिया