अर्थ-वाणिज्य

कर्फ्यु कायमै सुरक्षा समितिको बैठक बस्दै



बुटवल, २५ असोज । बुटवलको मोतीपुरमा हिजो (आइतबार) दिउँसो ४ बजेदेखि जारी गरिएको कर्फ्यु कायमै राखिएको छ ।
झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जना सर्वसाधरणको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो ४ बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज (सोमबार) सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

झडपमा ४९ प्रहरी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । घटनामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ जना घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । घटनामा कयौं सर्वसाधारण पनि घाइते भएका छन् ।

यस्तै ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप भएको थियो । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६