प्रदेश

घुम्न गएका ७ बिधार्थी सदाका लागि फर्केनन्



पोखरा, २५ असोज । कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये सात जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी भएको खुलेको छ ।अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका बासिन्दा भएको खुलेको छ । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका–३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जीप चालक दुर्घटनामा परेका हुन् ।

नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका– ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् ।

यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घटना भएर चालकसहित ८ को मृत्यु भएको खुलेको छ,’ विकले भने, ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ ।’

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । जीप सडकको माथिल्लो घुम्तीबाट २ सय मिटर तल सोही सडकमा खसेको छ ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६