अर्थ-वाणिज्य

यूवाको अडाई करोड लगानीमा स्थापित सितभण्डार संचालनमा आयो



कपिलवस्तु २५ असोज ।कपिलवस्तुको शिबराज नगरपालिका ६ गडगौडामा शीत भण्डार अर्थात कोल्ड स्टोरेज सञ्चालनमा आएको छ । जिल्लाको कृषि र कृषकको आवश्यकतालाई मध्यनजर गर्दै करिब ढाई करोडको लगानीमा गुमानसिह कोल्ड स्टोरेज प्रालि सञ्चालनमा आएको हो । सोमबार लुम्बिनी प्रदेशका सांसद अर्जुन केशीले स्टोरेजको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

अहिले जिल्लामा भण्डारण गर्ने ठाउँको अभावमा कृषि उपजहरु खेर गइरहेको भन्दै यसले सम्पूर्ण कृषकलाई टेवा पु¥याउने बताउनुभयो । ब्यवसायिक कृषकलाई तालिम संगै उनीहरुलाई आवश्यक पर्ने आर्थिक लगानीमा पनि सहयोग गर्ने उहाको भनाई छ । संगै भोलीका दिनमा थप बिस्तार गर्दै उत्पादनलाई कपिलवस्तुकै स्वादेशी ब्राण्ड बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाले भन्नुभयो खासगरि, उचित भण्डारण अभावले जडिबुटी नष्ट हुने अवस्थामा पुग्दा व्यवसायीहरु निकै मर्कामा पर्दै आएका थिए ।  सरकार पनि निजी क्षेत्रलाई यसखालका काममा प्रोत्साहित गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । ३ सय मेट्रिक टन सम्म क्षमतामा सञ्चालमा आएका स्टोरेजमा कृषि उपजका सामग्री राखिने संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत टन्डनले जानकारी गराउनुभयो ।

अत्याधुनिक प्रविधिअनुसार स्टोरेजको व्यवस्था गरिएको उहाले बताउनुभयो । शीत भण्डार सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उपजहरुको क्षति नहुने बिश्वास लिइएको छ ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६