प्रदेश

कृष्णनगर झाडापखालामा २७ दिनको बच्चा सहित ६ जनाको मृत्यु ।



कपिलवस्तु, २६ असोज। जिल्लाको कृष्णनगर नगरपालिकाका ५ वडामा फैलिएको झाडापखाला तथा वान्ताको प्रकोपका कारण हालसम्म ६ जनाको ज्यान गएको छ।

नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला तथा वान्ताका बिरामी देखा परिरहेका छन् । जसमा ७५८ जना शिवराज अस्पताल बहादुरगंज उपचार गराउन पुगेका थिए । त्यस्तै सयौँको सख्यामा बिरामीहरू निजी क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्थामा पुगी उपचार गराएको बहादुरगंज स्थित सेवा मेडिकल हलका प्रमुख डाक्टर कमलेश यादवले जानकारी दिनुभयो । डा. यादवले भन्नुभयो,‘३५ देखि ४० वटा झाडापखाला तथा वान्ताका बिरामीको उपचार हामीले पनि गरेका छौ । यस्तै अन्य निजी क्लिनिकहरूले पनि गरेका छन् ।’

उता जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे भने शिवराज अस्पतालमा आएको बिरामीलाई मात्र आधिकारिक हुने बताउनुहुन्छ । झाडापखाला तथा वान्ताका बिरामी निजी क्लिनिकमा उपचार कै क्रममा मृत्यु हुँदा पनि आधिकारिक नमानिएको स्थानीयहरू बताउँछन् । अहिलेसम्म झाडापखाला तथा वान्ताको प्रकोपमा परि ६ जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भने अहिलेसम्म झाडापखालाबाट ३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ८ बहादुरगंजका ४० वर्षीय पुरुष, कृष्णनगर नगरपालिका ९ बहादुरगंजका ६ वर्षीय बालक, शिवराज नगरपालिका ८ कोपवाकी ८ बर्ष बालिका,कृष्णनगर नगरपालिका ७ सुखरामपुरका २७ दिनको बच्चा र कृष्णनगर नगरपालिका ८ बहादुरगंजको एक जना महिलाको पेटमा रहेको बच्चा र कृष्ण नगर ८ बहादुरगंजका ४ वर्षका बालकको मृत्यु भएको हो । झाडापखालाका बिरामीहरु शिबराज नगरपालिका तीन वटा वडामा समेत देखिन थालेका छन् । यस अघि कृष्णनगर नगरपालिकामा मात्र बिरामी देखिएका थिए ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६