कपिलवस्तु २६ असोज । केहिदिन अघि जिम्मेवारी दिइएको भनेर नाम सार्वजनिक भएका एकिकृत समाजवादी कपिलवस्तुका २ जना जिल्ला कमिटी सदस्यले पदिय जिम्मेवारी अस्वीकृत गरेका छन् । जिल्ला कमिटी सदस्यमा राखीएका कपिलवस्तु नगरपालिका वडा नं १० का गोविन्द पौडेल र बाणगंगा बडा नं ११ का कृष्ण हरिजनले पद अस्वीकार गरेका हुन् ।
ती दुबैले आफू समाजवादी नै नरहेको र भेलामा पनि नगएको स्पष्ट पार्दै अनावश्यक पद भिराउने कार्य अनुचित भएको स्पष्ट पारेका छन् । आफूहरु दुबै एमालेमा रहेको उनीहरुको दावि छ । पद अस्वीकार गर्ने पौडेल समाजवादीका जिल्ला नेता कमल भटराईका मामा हुन् भने हरिजन एमाले सम्वद्ध प्रेस चौतारीका सदस्य हुन् । उनीहरु दुबैले आफ्नो फेसवुकवाट पदिय जिम्मेवारी अस्वीकार गर्दै स्टेमेण्ट जारी गरेका छन् ।
यस्तै समाजवादी निकटको यूवासंघको जिल्ला कमिटीमा राखिएका योगेश पाठकले पनि पद अस्वीकार गरेका छन् । भेलामा नगएको र आफू सजावादीको समर्थक पनि नभएको तर एकाएक नाम राखिएको र बधाई दिदै फोटो समेत राखिएको प्रति उनले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया